काठमाडौँ। डा.महेन्द्रकुमार मल्लको शब्द रचना रहेको ‘काँ पर्यो घर माया’ बोलको लोकगीत लोकार्पण गरिएको छ।
शनिबार राजधानीको बिजुलीबजार स्थित एक रेष्टुेन्टमा रचनाकार मल्ल, विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उपस्थितिमा उक्त गीतको लोकार्पण गरिएको हो। उक्त गीतको लय शिव संगीतले सिर्जना गरेका हुन्।
शनिबार अपरान्ह ५ बजे महेन्द्रकुमार मल्लको आधिकार युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएक
काठमाडौँ। सर्जक हेमराज योगीको लय/शब्द रहेको ‘मेरो माया’ बोलको गीत बजारमा आएको छ।
लोकप्रिय गायिका रेजिना परियार र शिशिर परियारको सुमधुर आवाज रहेको गीतको म्युजिक भिडियो निर्देशन दिनेशसिंह ठकुरीले गरेका छन्।
सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतमा अहिलेका चर्चित युवा प्रतिभा गोविन्द पौडेल, जुना कार्की, अशोक परियार र सुस्मिता बुढाथोकीको जोडदार अभिनय रहेको छ।
भिडियो हेर्नुहोस्
https://www.you
काठमाडौँ। प्रख्यात नायिका रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’ मा समावेश गीत ‘वाह वाह वाह’ सार्वजनिक गरिएको छ।
शुक्रबार निमार्णाधिन चलचित्र ‘उपहार’ मा समावेश उक्त गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नायिका थापाले हिरो र कलाकारको आयामबारे गम्भिर कुराहरू खुलाएकी छन्।
पछिल्लो समय कलाकारको लहर आएको बताउँदै रेखाले यो परिस्थितिमा आफूहरूले सानैदेखि हेर्दै आएको हिरो मिस भइरहेको दाबी गरिन्।
काठमाडौँ। संगीता घिसिङको शब्द रचना, मनोज राईको संगीतमा रहेको गीत ‘हराउँछु म तिम्रै कल्पनामा’ बजारमा आएको छ।
गीतमा नायक विजय केसी र जागृती शाहीको अभिनय रहेको छ। सरोज शाहीले गीतका दृश्य क्यामेरामा कैद गरेका छन् भने दिनेश सिंह ठकुरीले गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन्।
कृपा टिभि नामक युट्युव च्यान मार्फत बजारमा आएको उक्त गीतमा प्रेम सन्दर्भहरू समावेश गरिएका छन्। कालिकोटकी नवकलाकार जागृती शा
काठमाडौँ, १ असार २०८०,
रामु एस.के ठडराई र सङगीता राना मगरको आवाजमा बर्खा मासैमा बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो गायक स्वयम् कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द जनक घिमिरेले कोर्नुभएको हो भने गीतमा संगीत रामु एस.के ठडराईले दिनु भयको छ। भुपेश बुढा मगरको एरेन्ज छ। जनक घिमिरेको कथा एवं निर्देशनमा तयार भिडियोमा सन्तोष शर्मा र सम्झना न्याउपानेको अभिनय रहेको छ। सुनिल
काठमाडौँ। बाल गायिका पूजा देवकोटाको स्वर रहेको ‘उडायो सपना हुरीले’ बोलेको तीज गीत बजारमा आएको छ ।
रंग दर्पन म्युजिकले बजारमा ल्याएको उक्त गीतलाई मीन प्रकाश ओलीको शब्द तथा संगीत रहेको छ। शिव विकको निर्देशन रहेको गीतलाई रक कौशलले छायांकन गरेका छन्।
राजेश कुमारको सम्पादन रहेको गीतमा जुना कार्की, दिनेस लामा, चरीत्र बोगटी, कुल बहादुर ओली, खेम बा, सरिता खड्कालगायतको अभिनय रहेको छ।
https://youtu.be/1O
दाङ। सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ।
एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्टबाट भिडिओ अपलोड भएको थियो। सम्भवत: असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन्। तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ। यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा
काठमाडौँ। कोरोनाको महामारी पछि चलचित्र क्षेत्रका नायक नायिकाहरु म्युजिक भिडियातर्फ आकर्षित देखिन्छन्। ति लाइन मै पर्छन् नाजिर हुसेन जो अचेल म्युजिक भिडियोतिर रमाइरहेका छन्।
आइत स्याङ गुरुङको स्वर रहेको ‘आज जान देउ’ बोलको गीत संगीत भकारी युट्युबमार्फत सार्वजनिक भएको छ। जहाँ नाजिरले चिकित्सकको भुमिका निर्वाह गरेका छन्। मौसम हिमालीद्वारा निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन तथा विष्णुहरि
काठमाडौँ। नवगायिका हुमा विकको स्वरमा ‘नाच्छु घुमेर’ बोलको मौलिक तीजगीत बजारमा आएको छ।
चर्चित गायिका टिका सानुको शब्द रचना तथा नरेश खातीको भाका रहेको गीतमा गायिका हुमाले आवाज दिएकी छन्। गीतमा मौलिकतासँगै बेलैमा रमाइलो गर्ने कुराहरु, उमेर फर्केर नआउने प्रसँगहरु समावेश गरिएका छन्।
नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज लक्षित ‘नाच्छु घुमेर’ बोलको गीतमा जन्मघरमा आउनलाई संजोग जुर्नुपर्ने देख