‘काँ पर्यो घर माया’ बोलको गीत बजारमा (भिडियोसहित)



काठमाडौँ। डा.महेन्द्रकुमार मल्लको शब्द रचना रहेको ‘काँ पर्यो घर माया’ बोलको लोकगीत लोकार्पण गरिएको छ।

शनिबार राजधानीको बिजुलीबजार स्थित एक रेष्टुेन्टमा रचनाकार मल्ल, विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उपस्थितिमा उक्त गीतको लोकार्पण गरिएको हो। उक्त गीतको लय शिव संगीतले सिर्जना गरेका हुन्।

शनिबार अपरान्ह ५ बजे महेन्द्रकुमार मल्लको आधिकार युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।  ‘काँ पर्यो घर माया’ बालेको नृत्यप्रधान लोकगीतमा चर्चित गायिका समिक्षा अधिकारी र शिव संगीतको सुमधुर स्वर रहेको छ।

गीतको म्युजिक भिडियोमा केपिना गोतामे र अनुराग मल्लको दमदार नृत्य रहेको छ। काजिस श्रेष्ठको निर्देशन रहेको गीतको छायाङ्कन दुर्गा पौडेल र कोरियोग्राफी प्रशान्त मगरले गरेका छन्।

नितुसिंह ठकुरीको व्यवस्थापनमा रहेको म्युजिक भिडियोभित्र फर्पिङ्को रमणीय स्थलका दृश्यहरू कैद गरिएका छन्। पश्चिम नेपालको मौलिक लोकलयमा आधारित गीतलाई दृश्य र श्रव्य दुवै दृष्टिले अब्बल बनाउने र नृत्यप्रेमीहरूलाई छमछमी नचाउने उद्देश्य रहेको यस गीतका स्रष्टा तथा निर्माताले बताए।

भिडियो हेर्नुहोस्