काठमाडौँ, १ असार २०८०,
रामु एस.के ठडराई र सङगीता राना मगरको आवाजमा बर्खा मासैमा बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो गायक स्वयम् कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द जनक घिमिरेले कोर्नुभएको हो भने गीतमा संगीत रामु एस.के ठडराईले दिनु भयको छ। भुपेश बुढा मगरको एरेन्ज छ। जनक घिमिरेको कथा एवं निर्देशनमा तयार भिडियोमा सन्तोष शर्मा र सम्झना न्याउपानेको अभिनय रहेको छ। सुनिल बिश्वकर्माले खिच्नुका साथै सम्पादन गर्नुभएको छ । भर्खरै गीत संगीतमा बामे सार्दै गरेकी सम्झना सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।
भिडियो हेर्नुहोस् ।