‘उडायो सपना हुरीले’ बोलेको तीज गीत बजारमा



काठमाडौँ। बाल गायिका पूजा देवकोटाको स्वर रहेको ‘उडायो सपना हुरीले’ बोलेको तीज गीत बजारमा आएको छ ।

रंग दर्पन म्युजिकले बजारमा ल्याएको उक्त गीतलाई मीन प्रकाश ओलीको शब्द तथा संगीत रहेको छ। शिव विकको निर्देशन रहेको गीतलाई रक कौशलले छायांकन गरेका छन्।

राजेश कुमारको सम्पादन रहेको गीतमा जुना कार्की, दिनेस लामा, चरीत्र बोगटी, कुल बहादुर ओली, खेम बा, सरिता खड्कालगायतको अभिनय रहेको छ।