
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौँ। चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो। सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ। गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार वि