महिला उद्यमी अप्सरा र अनिता बर्तौलाद्वारा सञ्चालित ‘अनुज कलेक्सन’ बुटिक उद्याटन



काठमाडौँ। महिला उद्यमी अप्सरा बर्तौला र अनिता बर्तौलाद्वारा सञ्चालित ‘अनुज कलेक्सन’ नामक बुटिकको उद्याटन गरिएको छ।

बिहीबार नेपाली कांग्रेस महासमिति सदस्य तथा बागमती प्रदेश सरकारकी पूर्वमन्त्री कल्पना नेपालीले उक्त बुटिकको उद्घाटन गरेकी हुन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा बिहिबारदेखि सञ्चालनमा आएको बुटिकले देश तथा विदेशमा रहेका नेपाली महिलाहरूका लागि अडरअनुसारका पोशाक उपलब्ध गराउने लक्ष्य राखेको सञ्चालक अनिता बर्तौलाको भनाई छ।

बुटिक सञ्चालन गर्नुको उद्देश्यबारे अनिताले भनिन्, ‘हामीले देश तथा बिदेशमा रहेका महिलाहरूका लागि हामीले स्वरोजगारलाई प्रमोट गर्न र आत्मनिर्भर बन्नका निम्ति यो बुटिक सञ्चालन गरेका हौं। यस व्यवसायलाई व्यापक बनाउनका निम्ति प्रयास गर्नेछौं। खासगरी अमेरिका, अष्टे«लिया, युके, जापानलगायतका देशमा पनि हाम्रो बुटिकले उपलब्ध पोशाक निर्यात गर्नेछ। अनलाईनमार्फत अडर गर्न सकिने छ।’

उनले अगाडि भनिन्, ‘हामीले यो व्यवसायबाट कमाएको नाफालाई पढ्नबाट वञ्चित गरिब तथा विपन्न बालबालिको लागि प्रदान गर्नेछौं। आत्मनिर्भर बन्ने, स्वरोजगार हुने र समाजसेवा गर्ने हाम्रो मुख्य लक्ष्य रहेको छ।’

बुटिकको उद्घाटन गर्दै पूर्वमन्त्री नेपालीले महिलाहरू उ्रद्यमीशील बन्ने कुराले राज्यलाई नै फाइदा हुने बताइन। उनले भनिन्, ‘यसरी घरमै बसेर अनलाईनमार्फत देश तथा विदेशमा रहेका महिलाका निम्ति आवश्यक अडर अनुसारका पोशाक उपलब्ध गराउने उद्देश्य राख्नु भएको छ। कमाएको नाफा विपन्न बालबालिकाको लागि प्रदान गर्ने कुरा सह्रानिय छ। यो सबैभन्दा राम्रो कुरा हो।’

बुटिक उद्घाटनमा नेता नेपालीसँगै प्रगतिशील मिडिया प्रा.लि.का अध्यक्ष धनराज वास्तविक, पत्रकार लेखनाथ सिकारू, निरु मैनालीलगायतको उपस्तिथि रहेको थियो।

तस्बिर: निरू मैनाली

]