अन्तर्राष्ट्रिय

कम्युनिष्टद्धारा सञ्चालित केरला भारतको पहिलो गरिबीमुक्त प्रान्त बन्दै

कम्युनिष्टद्धारा सञ्चालित केरला भारतको पहिलो गरिबीमुक्त प्रान्त बन्दै

   
केरला। दक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ। घोषणाअनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको लक्ष्य हासिल गर्ने सन्दर्भमा केरला पहिलो भारतीय राज्य हुनेछ। हाल त्यहाँ कम्युनिस्ट पार्टीको सरकार छ। यो उपलब्धिलाई त्यहाँको कम्युनिस्ट सरकारले समावेशी विकासतर्फ केरलाको योजनामा एक महत्त्वपूर्ण कदमको
डिभी कार्यक्रम अन्त्य गर्ने तयारी

डिभी कार्यक्रम अन्त्य गर्ने तयारी

   
वासिङ्टन डिसी। रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन् । उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेको फक्स न्यूजले बताएको हो । विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम (डिभी प्रोग्राम) ले वार्षि
तिब्बतमा चीनले विश्वकै ठूलो बाँध बाँध्ने

तिब्बतमा चीनले विश्वकै ठूलो बाँध बाँध्ने

   
काठमाडौं। चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ। यहाँ बाँध बाँधेर थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ। यारलुङ नदीको बाँध निर्माण कहिले
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

   
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो । यो कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डल
एसियन कप: नेपालले अन्तिम छनोटमा भियतनाम, लाओस र मलेसियासँग खेल्ने

एसियन कप: नेपालले अन्तिम छनोटमा भियतनाम, लाओस र मलेसियासँग खेल्ने

   
काठमाडौँ। एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह एफमा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्रमा नेपालले समूहमा भियतनाम, लाओस र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। क्वालिफायरहरू मार्च २५, २०२५ मा घरेलु र अवे आधारमा सुरू हुनेछ। २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ। समूह विजेता मात्र एसियन कपमा छनोट हुनेछ। खेलहरू हुने दिन - मार्च २५, जुन १०, अक्टोबर ९,
अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

   
काठमाडौं। युएईमा भईरहेको यु १९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । मंगलवार भएको एसिया कपको अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । अफगानिस्तानले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन जोडे । उनले ५४ बलमा २ चौका प्रहार गरे । एक समय ८४ रनमा ८ विकेट गुमाए
चीनले ५ अर्ब ६० करोड अनुदान दिने

चीनले ५ अर्ब ६० करोड अनुदान दिने

   
काठमाडौं। चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ । यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम
कर्णाली याक्सबाट एनपीएल खेल्न धवन आइपुगे नेपाल (तस्बिरसहित)

कर्णाली याक्सबाट एनपीएल खेल्न धवन आइपुगे नेपाल (तस्बिरसहित)

   
काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो। बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६
नेपाली घिउ जापान निर्यात गर्न डीडीसीको पहल

नेपाली घिउ जापान निर्यात गर्न डीडीसीको पहल

   
काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापानमा पुनः निर्यातका लागि सरकारले पहल गरिरहेको भए पनि कोशी प्रदेशका केही निजी डेरीहरूले विगत छ महिनामा २० टन घिउ उत्पादन गरेर निर्यात गरिसकेको अधिकारीहरूले बताएका छन्। विक्रम संवत् २०७७ सालबाट डीडीसीले जापानमा घिउ निर्यात थालेको भए पनि बीचमा त्यसले निरन्तरता पाउन नसकेपछि अहिले पुनः पहल थालिएको डीडीसीका महाप्रब
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्‍वाटरफाइनलमा

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्‍वाटरफाइनलमा

   
काठमाडौँ। पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ । पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए ।