ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्धारा ११ हजार ९१६ पिन्ट रक्त संकलन
काठमाडौँ। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त संकलन गरेको छ।
भाद्र ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त संकलन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त संकलन गरिएको केन्द्रले जनाएको









