सुर्खेत। अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्याक्ष (छात्रा) मा कालिकोटकी ममता अधिकारीले उम्मेदारी दिनुभएको छ।
जिल्लाको सान्नि त्रिवेशणी गाउँपालिका वडा नम्बर १ की अधिकारी सानै उमेदेखी विद्यार्थी राजनीतिमा संलग्न छन् । यसअघि संगठनको केन्द्रीय सदस्यको भूमिकामा रहेकी अधिकारी ३२ वर्ष उमेर हद लागु भएपछि केन्द्रीय उपाध्यक्षमा उम्मेदारी दिएकी छन्।
त्रिवीमा स्नाकोत्तर हतमा अध्ययनरत अधिकारीले कालिकोटबाट १२ कक्षा पासगपेछि स्नातक पढ्न सुर्खेतमा रहेको मध्यपश्चितमझरेको बताउछिन्। सानैदेखि राजनीतिप्रति रुचि भएपनि पारिवारिक पृष्ठभूमि शून्य प्रायः भएका कारण क्याम्पसका राजनीतिक गतिविधि देखेर अन्यौल बनेको सुनाइन। उनले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानिमा भनिन्, कुन विचार बोकेर राजनीति गर्ने, के गर्ने, अगाडि कोही छैन, कता जोडिने भन्ने अलमत परेको थिएँ।
त्यसै क्रममा अखिल क्रान्तिकारी कक्षा इकाइ कमिटी गठन गर्न आएपछि अधिकारीको राजनीतिक जीवन सुरु भएको हो। उनले अगाडि भनिन्, म कक्षा कमिटी अध्यक्ष, म्यानेज मान्ट फ्याकेल्टीको उपाध्यक्ष, त्यसैपछि मध्यपश्चिम विश्वविद्यालय कमिटी सदस्य, सहसंयोजकहुँदै संगठनको केन्द्रीय कमिटी सदस्यसँगै मध्यपश्चिम विश्वविद्यालय इन्चार्जको जिम्मेवारीमा रहेर काम गरेको छु।
अखिल नेता अधिकारीले आसन्न संगठनको २३औं सम्मेलनमा संगठनले उठाउनुपर्ने मुद्धा, शैक्षिक दृष्टिकोणलगायतका बारेमा एक लेखमार्फत आफ्नो विचार प्रस्तुत गरेकी छन्। उपाध्यक्ष पदकी उम्मेदारी अधिकारीका धारणा पढ्ने यो लिन्क ओपन गर्नुहोला।