कर्णाली प्रदेश सरकारले मनायो संविधान दिवस
सुर्खेत। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ। संविधान जारी भएको एक दशक समयका अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो।
कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभामुख नन्दा गुरुङ, सबै दलका सांसद, कर्मचारी तथा स









