अन्तर्राष्ट्रिय

एसियन कप: नेपालले अन्तिम छनोटमा भियतनाम, लाओस र मलेसियासँग खेल्ने

एसियन कप: नेपालले अन्तिम छनोटमा भियतनाम, लाओस र मलेसियासँग खेल्ने

   
काठमाडौँ। एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह एफमा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्रमा नेपालले समूहमा भियतनाम, लाओस र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। क्वालिफायरहरू मार्च २५, २०२५ मा घरेलु र अवे आधारमा सुरू हुनेछ। २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ। समूह विजेता मात्र एसियन कपमा छनोट हुनेछ। खेलहरू हुने दिन - मार्च २५, जुन १०, अक्टोबर ९,
अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

   
काठमाडौं। युएईमा भईरहेको यु १९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । मंगलवार भएको एसिया कपको अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । अफगानिस्तानले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन जोडे । उनले ५४ बलमा २ चौका प्रहार गरे । एक समय ८४ रनमा ८ विकेट गुमाए
चीनले ५ अर्ब ६० करोड अनुदान दिने

चीनले ५ अर्ब ६० करोड अनुदान दिने

   
काठमाडौं। चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ । यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम
कर्णाली याक्सबाट एनपीएल खेल्न धवन आइपुगे नेपाल (तस्बिरसहित)

कर्णाली याक्सबाट एनपीएल खेल्न धवन आइपुगे नेपाल (तस्बिरसहित)

   
काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो। बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६
नेपाली घिउ जापान निर्यात गर्न डीडीसीको पहल

नेपाली घिउ जापान निर्यात गर्न डीडीसीको पहल

   
काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापानमा पुनः निर्यातका लागि सरकारले पहल गरिरहेको भए पनि कोशी प्रदेशका केही निजी डेरीहरूले विगत छ महिनामा २० टन घिउ उत्पादन गरेर निर्यात गरिसकेको अधिकारीहरूले बताएका छन्। विक्रम संवत् २०७७ सालबाट डीडीसीले जापानमा घिउ निर्यात थालेको भए पनि बीचमा त्यसले निरन्तरता पाउन नसकेपछि अहिले पुनः पहल थालिएको डीडीसीका महाप्रब
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्‍वाटरफाइनलमा

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्‍वाटरफाइनलमा

   
काठमाडौँ। पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ । पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए ।
के-के सामान विदेशबाट आउँदा ल्याउन पाइन्छ ?

के-के सामान विदेशबाट आउँदा ल्याउन पाइन्छ ?

   
काठमाडौँ। सरकारले विदेशबाट फर्किने नेपालीले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको विवरण सार्वजनिक गरेको छ । आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो । यस अनुसार अघिल्लो वर्षको व्यवस्था भन्दा यसवर्ष सामान्य हेरफेर भएका छन् । यहाँ विदेशबाट आउँदा भन्सार छुटमा ल्याउन पाउने, भन
प्रदूषकले प्रदूषण बापतको क्षतिपूर्ति तिर्नुपर्छ: राष्ट्रपति पौडेल

प्रदूषकले प्रदूषण बापतको क्षतिपूर्ति तिर्नुपर्छ: राष्ट्रपति पौडेल

   
बाकु। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचHigh-level session of world leaders at the 29th Conference of Parties (COP-29)बार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन् । ‘हिमालको सुरक्षा
भैरहवा विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान हुने

भैरहवा विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान हुने

   
काठमाडौँ। कतार एयरवेजले आजदेखि दोहाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौँ रुटमा गर्ने गरी अनुमति लिएको छ । दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौँ प्रस्थान गर्नेछ । कतारले काठमाडौँबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवाम
युक्रेनबाट रुसमा हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण

युक्रेनबाट रुसमा हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण

   
काठमाडौं। रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन हमला भएका छन्। आइतबार रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित भएको थियो । हवाईजहाजहरुलाई डाइभर्ट गर्न