अर्थ-कर्पोरेट

नेपाल बैंक ८८औँ वर्षमा प्रवेश

नेपाल बैंक ८८औँ वर्षमा प्रवेश

   
काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ। नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो। आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ। नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण
६ हजार १५५ जना बचतकर्ताको १ अर्ब ४८ करोड रुपैयाँ फिर्ता

६ हजार १५५ जना बचतकर्ताको १ अर्ब ४८ करोड रुपैयाँ फिर्ता

   
काठमाडौँ। हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन्। मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो। यसअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ। कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ। उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तान
सेयर बजार २६९० अंकमा

सेयर बजार २६९० अंकमा

   
काठमाडौँ। सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दि
सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

   
काठमाडौँ। संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ। समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र

कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र

   
कालिकोट। चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्। कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका
२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

   
काठमाडौं। इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको रातोपाटीलाई जानकारी दिए । यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन
यस्ता छन् सबैभन्दा धेरै श्रमिक विदेश पठाउने २० म्यानपावर

यस्ता छन् सबैभन्दा धेरै श्रमिक विदेश पठाउने २० म्यानपावर

   
काठमाडौँ। गत आर्थिक वर्ष २०८०/८१मा ७ लाख ४१ हजार नेपालीहरु वैदेशिक रोजगारीमा गए । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ५३ हजार १६३ रह्यो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरुले २ हजार जनासम्म श्रमिकहरु वैदेशिक रोजगारीमा पठाए । सबैभन्दा बढी श्रमिक पठाउनेको सूचीमा निलकमल ह्युमन रिसोर्स रह्यो, जसले ७ हजार २०८जना श्रमिक
मंगलबार सेयर बजार ३.०२ प्रतिशतले बढ्यो

मंगलबार सेयर बजार ३.०२ प्रतिशतले बढ्यो

   
काठमाडौँ। मंगलबार सेयर बजार३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.३९, विकास बैंक २.९६
यो वर्ष कर्णाली सरकार बजेट कार्यान्वयनमा झन् कमजोर

यो वर्ष कर्णाली सरकार बजेट कार्यान्वयनमा झन् कमजोर

   
सुर्खेत। बजेट कार्यान्वयनको सन्दर्भमा कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्ष (२०८०/०८१) मा झन् कमजोर देखिएको छ । गत वर्ष ६४ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले यो वर्ष जम्मा ६०.३४ प्रतिशत अर्थात् ३० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२.७२ रुपैयाँमात्रै कार्यान्वयन गर्न सक्यो, जुन गत वर्षको भन्दा ४ प्रतिशतले कम हो । सरकारले चालु आर्थिक वर्ष ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो ।
तीन दिनमा १५ लाखको बिक्री

तीन दिनमा १५ लाखको बिक्री

   
काठमाडौँ। आँप रुचाउने शंखमूलका प्रतीक आचार्यले स्वाद पछ्याउँदै काठमाडौँमा आयोजना गरिएको महोत्सवमा पुगे । आँप महोत्सवमा उनले जर्दा, बम्बई, गुलाब खास, कलकत्तिया, दसहरी गरी पाँच थरी आँपको स्वाद चाखे । तीनदिन चलेको महोत्सवमा उनले आँपको अनेक प्रजाति चिन्ने मौकामात्रै पाएनन्, आँपबाट बन्ने रेसेपी, अचार लगायतका बहुउपयोगिता र महत्वबारे पनि बुझ्न पाए । ‘हेर्दा एउटै लाग्ने आँप स्वाद र यसको प्रयोग बहुआयामि