६ हजार १५५ जना बचतकर्ताको १ अर्ब ४८ करोड रुपैयाँ फिर्ता



काठमाडौँ। हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन्।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो।

यसअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ। कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ। उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

यसैगरी गत आर्थिक वर्ष २०८०र८१ सम्म १ हजार २०० जनाको मागदाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ हरोड ६५ लाख रकम फिर्ता पाएका थिए। यसैगरी चालु आव २०८१र८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको छ।

आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको संख्या ६ हजार ५९६ पुगेको छ। यी बचतकर्ताको कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ। अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी छ । उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता गर्नुपर्नेछ।