भारतसँग पराजित भएको नेपाल स्वर्णका लागि फेरि सोमबार भिड्ने
काठमाडौँ। नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ।
पोखरा रङ्गशालाको फुटबल मैदानमा शनिबार लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएको हो। लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो।
भारतको जितमा खेलको पहिलो हाफको १