काठमाडौँ। लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
खेलको ३८औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा तीन गोल खान पुग्यो।
जोस कम्पानाले खेलको ६१औं मिनेटमा गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काएका थिए। ६३ औं मिनेटमा बेरजा मेयराल र निमन्जा राडोजाले ६८ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई ३-१ गेलको जित दिलाए।