काठमाडौं, श्रावण-५,
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने रामप्रसाद कँडेलले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि सामाजिक क्षेत्रमा लागेका उनले आफू उपाध्यक्षमा निर्वाचित भएमा थप समाजसेवाको कामलाई अगाडी बढाउने बताए । आफ्नो सक्रियताले एनआरएनएको समग्र कामलाई प्रचारप्रसार गर्न समेत सकिने बताउँदै र सबैलाई एकवद्द बनाउन पनि आफू लागि पर्ने बताए ।
उनले आफ्नो भावी योजना र सपना अगाडि सार्दै भने, महिला नेतृत्व र उद्यमशिलता प्रवर्द्धनका लागि ‘NRNA Women Lead’ कार्यक्रम ल्याउने योजना रहेको । यसअन्तर्गत महिला उद्यमीहरूको सञ्जाल, स्वास्थ्य अधिकार, कानुनी परामर्श, नेतृत्व तालिम र स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ बताए ।
युवापुस्तालाई जोड्नका लागि ‘Youth Force’ अभियान सञ्चालन गरिनेछ भने, बेलायतभरि रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै “विद्यार्थी सहायता काउन्सिल” गठन, हेल्पलाइन सेवा, आवास–स्वास्थ्य–कानुनी सल्लाह, मानसिक स्वास्थ्य र करियर गाइडजस्ता व्यावहारिक सहयोग कार्यक्रम अघि बढाइनुका साथै अध्ययन वा सामाजिक योगदानका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति र सम्मान कार्यक्रम पनि सुरु गरिने पनि बताए ।
नेपाली भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्दै स्कटल्यान्डमा नेपालीपन झल्किने कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन् । साथै, आपतकालीन अवस्थामा सहयोग पुर्याउने ‘वेलफेयर फन्ड’ लाई सुदृढ बनाउने, मेडिकल तथा कानुनी सहायताका लागि आपतकालीन व्यवस्था सुनिश्चित गर्ने स्पष्ट योजना उनले राखेका छन् ।
स्कटल्यान्डमा नेपालीपन झल्किने कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन्। साथै, आपतकालीन अवस्थामा सहयोग पुर्याउने ‘वेलफेयर फन्ड’ लाई सुदृढ बनाउने, मेडिकल तथा कानुनी सहायताका लागि आपतकालीन व्यवस्था सुनिश्चित गर्ने स्पष्ट योजना उनले राखेका छन् ।
नेपाल–स्कटल्यान्ड सम्बन्ध सुदृढ गर्न सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउने तथा स्कटल्यान्डको उपस्थिति ‘ग्लोबल नेपाली नेटवर्क’ मा सशक्त बनाउने उद्देश्य पनि उनको कार्ययोजनामा समेटिएको छ ।
कँडेल भन्छन्, “म निस्वार्थ भावले निरन्तर समाजसेवामा लागिरहेको छु । तपाईंहरुकै साथ, सहयोग र हौसलाले यहाँसम्म आइपुगेको छु। अब एकपटक एनआरएनए स्कटल्यान्डको तर्फबाट NCC UK को उपाध्यक्षका रूपमा सेवा गर्ने मौका दिनुहोस्। तपाईंहरूको विश्वासलाई काम गरेर देखाउनेछु ।”
एनआरएनएको २ बर्षे कार्यकालका आगामी जुलाइ २६ गते हुने निर्वाचनमा यूकेको उपाध्यक्ष पदको उम्मेदवारका रूपमा कँडेलले आफ्ना भावी योजना र सपना अगाडि सारेका छन् ।