काठमाडौँ। पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकको मद्दतले नेपालले यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा भुटानलाई शनिबार ८–० ले पराजित गरेको छ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा समीक्षा मगर र कुसुम खतिवडाले पनि १र१ गोल गरे। यो जितपछि नेपालको पाँच खेलबाट १२ अंक भएको छ। भुटानमाथिको यो ठूलो अन्तरको जितले उपाधि होडमा नेपाललाई सहयोग हुन सक्नेछ।
मीनाले ४४ औं सेकेन्डमा गोलको खाता खोलेयता १२ र ६५ औं मिनेटमा गोल गरिन्। यस्तै पूर्णिमाले २३, पहिलो हाफको इन्ज्युरी समयको पहिलो र छैटौं मिनेटमा गोल गरिन्।
समीक्षाको गोल भने नवौं मिनेटमा सम्भव भएको थियो। यस्तै कुसुमले ६३औं मिनेटमा गोल गरिन्। अब शनिबारकै अर्को खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्दैछ।




