जुम्ला पातारासीका एलिज थापाले आफ्नो १४औं जन्मदिन बिध्यालयलाइ शैक्षिक सामाग्री बितरण गरेर मनाएका छन ।
पातारासी गाउंपालिका ७ पटमाराका एलिज थापाले आफ्नो १४औं जन्म दिवस पटमारामा रहेको श्री महारुद्र निमाबि विद्यालयलाई विभिन्न शैक्षिक सामाग्री बितरण गरेको एलिशका अंकल बिरेन्द्र खड्काले बताए ।
थापाले आफ्नो जन्मदिनमा ६ थान कुर्ची,१ थान टेबल घन्टी १ थान भित्तेघडि, स्पिकर खरिदको लागि केही नगद, ECD देखि कक्षा ४ सम्मका सम्पुर्ण विद्यार्थी लाइ प्रती ब्यत्ती ४ पिसको दरले पेन्सिल,
ECD देखि कक्षा ८ सम्मका प्रथम र दृतिय हुने बिद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री बितरण गरेका थिए ।
त्यसैगरी थापाले बिध्यालय प्रथम हुने विद्यार्थीलाई पुरस्कार बितरण पनि गरेका थिए ।
सामाग्री बितरणका क्रममा बोल्दै एलिजका बुवा लोक बहादुर थापाले सामाजिक कार्य गर्दै छोराको जन्मदिन मनाउन पाउंदा निकै खुशी लागेको बताए । उन्ले स्वर्गीय बुवाको सम्झना तथा छोरा एलिज को शुभ जन्मउत्सबमा सामाजिक कार्य गर्नपाउंदा खुशी लागेको र अबका दिनमा सकेजती सामाजिक सेवा गरिरहने बताए ।
कार्यक्रममा बुवा लोकबहादुर थापा, आमा श्रीस्टि खत्री थापा, हजुराआमा हिउसरी थापा लगायतले उक्त सामाग्री हस्तानतरण तथा बितरण गरेका थिए । सामाग्री बितरण पछि बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष सुक थापाले सामाजिक कार्यको लागि थापा परिवारलाइ धन्यवाद दिए । त्यसैगरी बिध्यालयका प्रधान्ध्यापक बम बहादुर कार्कीले सामाजिक कार्य गरि जन्म उत्सब मनाउनु उदाहरणिय कार्य भन्दै थोरै भएपनी सामाजिक कार्यमा खर्छ गर्नु राम्रो सुरुवात भएकोमा धन्यवाद ब्यक्त गरे ।
१४ बर्षिय एलिज थापा हाल जुम्लाको चन्दनाथ माबि खलंगामा कक्षा ९ मा अध्यनरत छन ।