फुकोट जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न



कालिकोट। फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई गरिएको छ। सार्वजनिक सुनुवाई पचालझरना गाउँपालिका-४ को चुलिमालिका आधारभूत विद्यालय लाफामा सम्पन्न भएको हो।

कालीकोट जिल्लामा निमार्ण हुने ४ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनका बारेमा नागरिकलाई जानकारी दिनका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको थियो। फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाका आयोजना प्रमुख हिरामान वाईवा, पचालझरना गाउँपालिकाका अध्यक्ष खडक राज सेजुवाल र वडा नं ४ का वडा अध्यक्ष अनरुप रोकाय जवाफदेहिबक्ताका रुपमा रहेका थिए। वडाध्यक्ष रोकायको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो।

अर्धजलाशयको काम हुनुपूर्व कालिकोटलाई विकास गर्ने, कालिकोटका जनतालाई रोजगारी प्रदान गर्ने आश्वासन भएपनि अहिलेसम्म हुन नसकेको स्थानिय बासिन्दाहरूको गुनासो छ।