पुर्णिमाले चुमिन ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड



काठमाडौँ। हालै सम्पन्न ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पूर्णीमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी छिन।

चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले “मुटु जलि खरानी भो” भन्ने गित बाट अवार्ड हात पार्न सफल भएकी हुन्।

जुन गीतले चर्चित गायिका पुर्णिमा लामालाई सांगितिक क्षेत्रमा चिर परिचित गराएको थियो। जुन गितको शब्द संगीत बलराम साउदको रहेको थियो। चर्चित गायिका पुर्णिमा लामा सँग अन्न्य चर्चित गायिका हरु निशा देशार, मेलिना राई, सुमिना लो, र बानिका प्रधान हरु प्रतिस्पर्धामा रहेका थिए

यो पनि

सर्विन र पूर्णीमाको स्वरमा ‘सुन बग्ने कर्णाली’

गायिका तामाङलाई प्रतिष्ठानको मानार्थ सदस्यता

विन्ध्यवासिनी म्युजिक प्रालिद्वारा बिभिन्न २५ बिधामा अवार्ड वितरण गरिएको थियो। सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल चर्चित गायिका पुर्णिमा लामाले हाल सम्मा झन्डै चार सयभन्दा बढी गीत गाइसकेकी छन।

कलाकारहरुलाई सधैँ उच्च सम्मानका साथ आयोजना गरिने विन्ध्यवासिनी म्युजिक अवार्डको ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड प्रधान गरेकोमा पुर्णिमाले खुशी व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरेकी छन्।

विन्ध्यवासिनी म्युजिक प्रालि जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफुमाथि थप सांगितीक अबिभारा थपिएकोमा आफू निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील रहने समेत लामाले बताईन।