गायिका तामाङलाई प्रतिष्ठानको मानार्थ सदस्यता



काठमाडौँ। चर्चित गायिका पुर्णिमा तामाङलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानको मानार्थ सदस्यता प्रदान गरेको छ। राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय कार्यसमितिले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसरमा गायिका तामाङलाई मानार्थ सदस्यताको प्रमाणपत्रसहित सम्मान गरेको हो।

प्रतिष्ठानबाट सम्मानित भए पश्चात गायिका तामाङले गीत संगीतको क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गीत संगित क्षेत्रमा निरन्तर अघि बढिरहने वचन व्यक्त गरेकी छन्। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेस बीजीलगायत कलाकाहरुले गायिका तामाङलाई सम्मान गरेका थिए।

विस २०५४ साल असोज २९ गते बुवा रामचन्द्र तामाङ्ग र आमा कान्छीमाया तामाङको कान्छी सन्तानको रुपमा धादिङ्ग जिल्ला गल्छी गाउँपालिका वडा नं ७ मा जन्मिएकी हुन्।

सुमधुर आवाजकी धनी गायिका तामाङलाई यतिबेला गीतहरुमा आवाज भर्न भ्याई नभ्याई छ। साथै बिभिन्न संघ संस्थाले उनलाई सम्मानसमेत गरिरहेका छन्। सानो उमेरमै चर्चित गायिका बन्न सफल भएकी पुर्णिमाले झन्डै चार सयभन्दा धेरै गीतमा आवाज दिइ सकेकी छन्। पुर्णिमाले गाएका हरेक गीतहरु निक्कै रुचाइएका छन्। पुर्णिमाले गाएका ‘फूल भनौ जिन्दगीलाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा’ जस्ता दर्जनौं गीतहरु दर्शकमाझ प्रिय बनेका छन्।

गायिका पूर्णिमा हङकङ, कोरिया, मलेसिया, दुबै, कतारलगायत थुप्रै देशहरुमा पुगेर आफनो प्रस्तुती दिईसकेकी छन्। झन्डै आधा दर्जनभन्दा बढी उत्कृष्ट गायिका बिधाबाट अवार्ड चुमिसकेकी छन्।

त्यस्तै प्रतिष्ठानको २०औं वार्षिक साधारण सभाको अवसरमा स्व.कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ।

पत्रकारिता पुरस्कार सीताराम बडाल, संरक्षक तथा अभिभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ। उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा गायिका देवी घर्तीमगर र मोडल पिएन सापकोटा रहेका छन्। जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ।

तस्बिर: गायिका पूर्णिमा तामाङको फेशबुकबाट।