प्रहरी पेलानको दुखाई हिजोभन्दा आज धेरै भयो: रामचन्द्र पौडेल



काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार प्रहरीको नियन्त्रणमा पर्दाखेरी धरपकड हुँदा स्वास्थ्य समस्या देखिएको बताएका छन्।

दमौली, तनहुँमा रहेका नेता पौडेलले सामाजिक सञ्जाल फेशबुकमार्फत प्रहरीका डण्डाले पेलिएका शरिरका अंगहरु आज (बिहिबार) झन् दुःख्न थालेको बताएका हुन्। साथै उनले असली लोकतन्त्र कहिले साकार होला ? भन्दै प्रश्न गरेका छन्।

सात दशकको अथक प्रयास र योगदानबाट प्राप्त गरेको लोकतन्त्रमा पनि प्रहरीको पेलानबाट आफूले छुटकारा नमिलेको स्मरण गराएका छन्। उनले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ।’

उनले अगाडि लेखेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ।’

यो पनि पढ्नुहोस्

‘नेता पौडेलको गिरफ्तारि ओलीलाई महंगो पर्छ’

‘रामचन्द्रलाई रिहा गर्ने कि उत्पन्न परिस्थितिको सामाना गर्ने?’

सरकारले कांग्रेसको दवाव थेग्न सकेन, अन्तत: रामचन्द्र पौडेल रिहा