निःशुल्क आँखा शिविरमा एक सय १८ जना बिरामीले सेवा लिए



काठमाडौँ। तिलगंगा आँखा प्रतिस्ठान र स्थानीय ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा सिबिर कार्यक्रम जारी छ। बुधबारदेखि सुरुभएको उक्त शिविरमा एक सय १८ जना मोतिबिन्दुका बिरामीहरुको आँखाको अप्रेशन गरिसकेका छन्।

ठाकुरबाबा नगरपालिक, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय मोतिबिन्दुका बिरामीले सेवा लिइरहेका छन्। शिविरमा आएका विरामीलाई ठाकुरबाबा नगरका युवा नेता रेशम थापाले फलफूलको व्यवस्था गरेका छन्।

अनेरास्ववियूका जिल्ला संयोजक महेन्द्र पङ्गेनी र नेकपा ठाकुरबाबा नगरपालिकाका इन्चार्ज खगेन्द्र खनाल, त्यस्तै अनेरास्ववियूका जिल्ला नेता जीवन रिजाल, दिलिप लम्साल, प्रकाश क्षेत्रीसहितको टोलिले फलफूल विरण गर्दै विरामीको स्वास्थ्यलाभको कामना गरेका थिए।