मातृभाषाको नाममा मेयरको भाषा पढाउने परिपाटी बन्दहोस्: सचेतक बराल



काठमाडौँ। नेकपा (एमाले), संसदीय दलकी सचेतक सुनिता बरालले स्थानीय तहले मातृभाषामा पढाउने नाममा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यष र उपाध्यक्षले बोल्ने भाषा पढाएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले विद्यार्थी भर्नाका नाममा महंगो शूल्क असुल्ने परिपार्टी पनि अन्त्य गर्न माग गरेकी छन्। उनले भनिन्,‘विद्यालयमा नयाँ भनाईको समय भएको छ। विद्यार्थी भर्नाका सन्दर्भमा सरकार छ भन्नेकुराको अनुभूति दिलाउनुपर्छ। एकै विद्यालयमा नियमित पढिरहेका विद्यार्थीहरुलाई नयाँ चर्नाजस्तो वाार्षिक शूल्क लिईरहेको छ।

सचेतक बराले अगाडि भनेकी छन्, ‘स्थानीय तहले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, विवादित विषय पढाउने र मातृभाषाका नाममा मेयर र उपमोयरले बोलिरहेको भाषा पढाईरहेको गुनासो छ। यो काम तुरुन्त बन्दहोस्।’