काठमाडौँ। भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आइतबार राजधानीको लैनचौर स्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन्।
कार्यवाहक राजदूत डा।अजयकुमारले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो।