कबाडी पेस्तोलले सागमा खेलाडीलाई धोका



काठमाडौँ। नागरिक दैनिकका अनुसार निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिएन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन।

बीचमै स्पर्धा छोड्नुपर्ने अबस्था आयो। तर, पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर प्रतिस्पर्धा पूरा गर्ने हिम्मत गरिन्त।

तर, यती बेलासम्म ढिलो भइसकेको थियो। फाइनल चरणमा पुग्ने अभिलाशासाथ सुरुबाटै अग्रता दिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रबेशको ढोका बन्द भयो।