विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइमा सन्दीप



काठमाडौँ। आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइमा सन्दीप लामिछाने सहभागी भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रम गरेको थियो ।

क्यानले बुधबार टी–२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् ।

नेपाली टोलीमा कप्तानी रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् ।

त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।