कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारियाको निधन



काठमाडौं। कोरोना भाइरस संक्रमित स्पेनी राजकुमारी मारिया टेरेसाको निधन भएको छ।

स्पेनकी राजकुमारी ८६ वर्षीया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो। टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन्।

युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्। यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो।

स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ। स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ। विश्वमाहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३० हजार पुगेको छ।