सोसल मिडिया अराजकतावादीको कब्जामा छ: शंकर पोखरेल



काठमाडौँ। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सोसल मिडिया अराजकतावादीको कब्जामा रहेको बताएका छन्।

मंगलबार वीरेन्द्रनगरमा गणतन्त्रका पक्षमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनीहरूले जनतामा भ्रम सिर्जना गरिरहेको उनको भनाइ छ। साथै उनले प्रतिगामी शक्तिले दुःख दिइरहेको पनि बताए। ‘देशको प्रतिगामी शक्तिलाई धूप हालेर धपाउनुपर्ने छ,’ उनले भने, ‘गणतन्त्रका पक्षमा प्रतिगामी पक्षलाई खबरदारी गर्नु पर्नेछ।’