काठमाडौँ। एकीकृत (समाजवादी) को विभिन्न पार्टी कमिटीमा रहेका ५२६ जना जेनजीहरुले अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा लाग्नुपर्ने बताएका छन् ।
‘यस कार्यमा अलिकति पनि ढिला नगरी अविलम्ब अगाडी बढ्नका लागि पार्टी नेतृत्वलाई हाम्रो विनम्रतापूर्वक सचेतना सहितको आग्रह छ’, उनीहरूले भनेका छन् । साथै उनीहरूले नेकपा एकीकृत समाजवादीलाई व्यापक रूपमा पुनर्गठन गर्दै विभिन्न प्रतिकुलताका बिच सुन्दर वाम सम्भावनाको निर्माण गर्न सक्छौ भन्नेमा आफूहरू विश्वस्त रहेको समेत बताएका छन् ।
यस्तो छ उनीहरूको अपिल-
प्रिय कमरेडहरू,
आज मुलुक विषम परिस्थितिमा छ । यसको समीक्षा र सही मूल्याङ्कन आवश्यक छ । विगत महिनामा घटेका घटनाक्रमहरूले नेपालको राजनीतिक परिदृश्यलाई पूर्ण रूपमा हल्लाइदिएको छ । आजको पुस्ताको सर्वाधिक रूपमा सार्वजनिक अभिव्यक्तिको माध्यम बनेको सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि कुनै विकल्प विना सेप्टेम्बर ४, २०२५ का दिन सरकारले प्रतिबन्ध लगायो । त्यसको प्रतिक्रियामा जेनजी पुस्ताको आव्हानमा सेप्टेम्बर ८ तारिकका दिन ठुलो आन्दोलन भयो । उक्त आन्दोलनले सरकार र राजनीतिक नेताहरूबाट जबाफदेहिता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्यो । तर, शिक्षालयको ड्रेसमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आएका युवा विद्यार्थीहरूमाथि अन्धाधुन्ध गोली बर्साएर सरकार नरसंहारमा उत्रियो । दर्जनौँ विद्यार्थीहरू शहादत हुनुका साथै सयौँ विद्यार्थीहरू घाइते भए ।
आन्दोलनले हिंसात्मक रूप लिँदै राष्ट्रव्यापी आगजनी र तोडफोडमा परिणत भयो । जसले तोप पड्किए पनि ढल्दैन भनिएको सरकारलाई घुँडा टेकायो । तत्कालीन सरकारको नेतृत्वमाथि नरसंहारको ट्याग लाग्न पुग्यो । जेनजी पुस्ता समाजको परिवर्तनको चाहनासहित राजनीतिमा जबरजस्त प्रवेश गरेको छ । तर, उनीहरू असङ्गठित रूपमा रहेका विद्यार्थी, युवा, श्रमिकहरू हुन्, जसले भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानता विरुद्ध आवाज उठाएका छन् । असङ्गठित शक्तिले समाजलाई प्रणाली सम्मत रूपान्तरण गर्न नसक्ने भएकोले उनीहरूलाई राजनीतिक दिशानिर्देश र सङ्गठित रूप दिन आवश्यक छ । यसका लागि वाम पार्टीहरूको पुनर्गठन र पुस्तान्तरण गर्दै दशकौँदेखि नेतृत्वमा रहँदै आएको पुराना पुस्ताको नेतृत्वले बिदा लिन अति जरुरी भइसकेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नागरिकबाट निर्वाचित भएर शासन गर्ने प्रणाली हो । राजनीति, शक्ति र नैतिकता सबै जनताको स्वीकृतिमा निर्भर गर्दछ, जसको अभावमा पार्टीहरूको “मरणपत्र” लेखिने अवस्था आउँछ । त्यो उनीहरूको राजनीतिक मर्यादा र अस्तित्वको लागि ठूलो धक्का हो । किनकि लोकतन्त्रमा जनता नै अन्तिम समीक्षक हुन् र उनीहरूले मत मार्फत आफ्नो निर्णय व्यक्त गर्छन् । जेन–जी आन्दोलन र यसपछिका घटनाक्रमहरूले देखाएजस्तै, लाखौँ वाम विचारमा विश्वास गर्ने मतदाताहरूलाई हामीले हाम्रै कम्युनिस्ट पार्टीमा संगठित गर्न सक्छौँ । तर यसका लागि हामीले हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ । समयको माग अनुसार पार्टीलाई सुधार गरेर, प्रगतिशील युवालाई पार्टीभित्र जबरजस्त स्थान सिर्जना गरेर, हामीले व्यापक रुपान्तरण सहितको वाम एकताको आव्हान गर्नुपर्छ। जेनजी पुस्तालाई आकर्षित गर्दै उनीहरूलाई नेतृत्वमा ल्याउन सकियो भने रूपान्तरण सहितको वाम एकताको नेतृत्व हामीले गर्न सक्छौ । लाखौँ नव युवा र उनीहरूका अभिभावकहरूलाई समेत यो समयमा पार्टीमा जोड्न सक्छौँ । र, उनीहरूले आवश्यकता गरे जस्तो एउटा विश्वासिलो कम्युनिस्ट पार्टी निर्माण भएको छ भन्न सक्छौ । त्यसैले नेकपा एकीकृत समाजवादीलाई व्यापक रूपमा पुनर्गठन गर्दै विभिन्न प्रतिकुलताका बीच सुन्दर वाम सम्भावनाको निर्माण गर्न सक्छौ भन्नेमा हामी विश्वस्त छौँ ।
यसर्थ, अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय गुजार्नेतिर लाग्नुको बदला नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषतः जेनजी पुस्तालाई उनीहरूले उठान गरेका विषयलाई संगठित रूपमा पुरा गर्न हाम्रो पार्टीको झन्डामुनि गोलवन्द भएर सम्भव छ भन्ने विश्वास दिलाउँदै अगाडी बढ्नु पर्दछ । यस कार्यमा अलिकति पनि ढिला नगरी अविलम्ब अगाडी बढ्नका लागि पार्टी नेतृत्वलाई हाम्रो विनम्रतापूर्वक सचेतनासहितको आग्रह छ ।
१. अकाश गुरुङ
२. आकाश चौधरी
३. अञ्जली शाही
४. अंजना श्रेष्ठ
५. अनिल केसी
६. अनिल रायमाझी
७. अनिल श्रेष्ठ
८. अनिल बि.क
९. अनिल कुमार बिष्ट
१०. अनिल श्रेष्ठ
११. अनिता खत्री
१२. अनिश थापा
१३. अनिशा खाती
१४. अनु दुमी
१५. अनुष्का अर्याल
१६. अन्नमोल दाहाल
१७. अर्जुन डी.सी
१८. अभिनव ठाकुर
१९. अभिनभ थापा
२०. अभिराज यादव
२१. अभिषेक जोशी
२२. अभिषेक श्रेष्ठ
२३. अभिषेक सिंह
२४. अद्वैत खतिवडा
२५. अमन जोशी
२६. अमन पुन मगर
२७. अमर तामाङ
२८. अमृत सागर
२९. अम्बिका पहृाडि
३०. अम्बिका पनेरु
३१. अरबीन माँझी
३२. अरुण सिङ्जाली
३३. अरुणा जोशी
३४. अवाश शाह
३५. अविरल भण्डारी
३६. असल विश्वकर्मा
३७. असल साउद
३८. अस्मिता बिक
३९. अस्मिता धीतल
४०. आशुतोष पिया
४१. अशिष गुरुङ
४२. अशोक मिश्र
४३. अस्विन उपाध्याय
४४. आलोक झा
४५. आशाकुमारी साहु मगर
४६. आशिक थापा
४७. आशिष जैसवाल
४८. आशिष थपलिया
४९. आशिष बोहरा
५०. आस्था नेपाली
५१. आस्था मैनाली
५२. आयन थापा
५३. आयम श्रेष्ठ
५४. आयुष्मा गिरी
५५. आर्यन मल्ल
५६. इन्दिराज ओझा
५७. उज्वल शाह
५८. उमेश कटुवाल
५९. उमेश घले
६०. उमेश शाही
६१. उर्मिला भट्ट
६२. उत्सव बस्नेत
६३. उपजन बुढा
६४. उषा धामी
६५. ओजस थापा
६६. ओम प्रकाश शर्मा
६७. ओसियन गुरुङ
६८. एंजल ढंगोल
६९. एन्जिस राज प्रसाई
७०. एलके दाहाल
७१. एलन श्रेष्ठ
७२. कला बम
७३. कपिल राज गिरी
७४. कमल भुल
७५. करिश्मा थापा
७६. करिश्मा शाही
७७. करोड ठकुला
७८. कल्पना उपाध्याय
७९. कल्पना तिमल्सिना
८०. कल्पना बजगाई
८१. कल्पना रावत
८२. कल्पना सापकोटा
८३. कविता रोकाया
८४. केलिश महर्जन
८५. केशव कुँवर
८६. किशोर जोशी
८७. किरण निरौला
८८. कुश पाण्डित
८९. कुशल पुन
९०. क्षेत्र जोशी
९१. क्रान्ति न्यौपाने
९२. कृपेश बस्नेत
९३. खगेन्द्र प्रसाद अवली
९४. खगेन्द्र बजगाईं
९५. खगेन्द्र प्रसाद अवस्ती
९६. खिमा साउद
९७. खुम थापा
९८. गणेशप्रसाद जोशी
९९. गणेशराज जोशी
१००. गायत्री खाती
१०१. गायत्री मिश्र
१०२. गीता बुढा
१०३. गोकर्ण गिरी
१०४. गौरी सिंह
१०५. गरिमा जोशी
१०६. गोविन्द बुढा
१०७. गत्र थताल
१०८. चरित्र खड्का
१०९. चेत प्रसाद गोचन
११०. चेतन अधिकारी
१११. छिरिङ्ग बमजन
११२. जनक बिक
११३. जनक बिष्ट
११४. जानकी जैसी
११५. जानकी बोगटी
११६. जानुका तिमिल्सिना
११७. जितु बुढा
११८. जितेन राई
११९. जेन गुरुङ
१२०. जीवन चौधरी
१२१. झरना धामी
१२२. झरना सुनार
१२३. टेक नेपाली
१२४. टेक बटला
१२५. टेकमान गुरुङ
१२६. टेक मल्ल
१२७. तारा घर्तौला
१२८. तर्कशाही
१२९. तिलक भट्ट
१३०. तिलकप्रसाद ओझा
१३१. तीर्थ श्रेष्ठ
१३२. त्रिविक्रम भुसाल
१३३. दर्शन पाण्डे
१३४. दिपा चौलागाईं
१३५. दीपक खड्का
१३६. दीपक बयालकोटी
१३७. दीपक महरा
१३८. दीपक राणा
१३९. दीपक क्षितिज
१४०. दीपक श्रेष्ठ
१४१. दीपिका कुँवर
१४२. दिपेश अर्याल
१४३. दिपेश चौधरी
१४४. दीपेन्द्र दाहाल
१४५. दीपेन्द्र पौडेल
१४६. दीपेन्द्र महरा
१४७. दीपेन्द्र राई
१४८. सुदीप घिमिरे
१४९. दिनेश गुरुङ
१५०. दिनेश राना
१५१. दिनेश साउथ
१५२. दिनेश चौधरी
१५३. दिवस खनाल
१५४. दिवान्सु जेसवाल
१५५. दिव्या पन्त
१५६. दुर्गा नेपाली
१५७. डम्बरी ओली
१५८. धन थापा
१५९. धनकुमारी गुरुङ
१६०. धनराज जोशी
१६१. धनश्मी बुष्ट
१६२. धमेना स्मृति कुँवर
१६३. धीरेन्द्र खड्का
१६४. धुरेन्द्र जैशी
१६५. धौली भट्ट
१६६. नन्दा साउद
१६७. नबिना पोखरेल
१६८. नारद बोहरा
१६९. नरेन गिरी
१७०. नविन गुरुङ
१७१. नविन थापा
१७२. नवीन महरा
१७३. नर बहादुर पुन
१७४. नरेन्द्र बिक
१७५. नरेश कापडी
१७६. नवराज पाण्डे
१७७. निरज पासवान
१७८. निरज बोहरा
१७९. निरज मडै
१८०. निराजन चौधरी
१८१. निरोज सिंह
१८२. निकेश खातिवडा
१८३. नितेश लिम्बू
१८४. निशान दाहाल
१८५. निस्मा भट्ट
१८६. निर्मल भण्डारी
१८७. निर्मला जोशी
१८८. निर्मला प्याकुरेल
१८९. निर्मला भट्ट
१९०. नितु केसी
१९१. नितु भट्ट
१९२. निर्पराज बिक
१९३. निश्चल सारु मगर
१९४. नीर्तिक श्रेष्ठ
१९५. पबित्रा बिष्ट
१९६. पवित्रा जैसी
१९७. पदम बहादुर साउद
१९८. पराजुली सन्देश थिङ
१९९. पारस रिमाल
२००. पार्बती आले
२०१. पार्वती खत्री
२०२. पार्वती खड्का
२०३. पार्वती जोशी
२०४. पासाङ आले मगर
२०५. पृथ्वी गुरुङ
२०६. पूजा खनाल
२०७. पूजा नेपाली
२०८. पूजा बिष्ट
२०९. पूजा सुनार
२१०. पूजा वजगाई
२११. पूजन बजगाईं
२१२. पूजन श्रेष्ठ
२१३. पूरन देव लेखक
२१४. पूर्णिमा भण्डारी
२१५. पुरन भुल
२१६. पुष्पला ज्वाला
२१७. पुष्पा कुमारी बुढा
२१८. पुष्पा सुवेदी
२१९. पुष्पराज उपाध्याय
२२०. पुतली खड्का
२२१. प्रदिप थापा
२२२. प्रदिप न्यौपाने
२२३. प्रदीप धामी
२२४. प्रदीप मास्की
२२५. प्रज्वल थापा
२२६. प्रवचन उपाध्याय
२२७. प्रविन ााचन्द
२२८. प्रिया साउद
२२९. प्रियांशु जेसवाल
२३०. प्रियंका ओझा
२३१. प्रियंका रिमाल
२३२. प्रियंका रोका
२३३. प्रेम कार्की
२३४. प्रेम जोशी
२३५. प्रेम बिक
२३६. प्रेम बिके
२३७. प्रेम भूल
२३८. प्रेम राज उपाध्याय
२३९. प्रेम राज भारती
२४०. प्रमिला लामा
२४१. प्रसन्न कार्की
२४२. प्रतिक कुइकेल
२४३. प्रकाश श्रेष्ठ
२४४. प्रतीक झा
२४५. प्रतिभा शाह
२४६. प्रतीक्षा संज्याल
२४७. बबिता ऐर
२४८. बबिता पाण्डे
२४९. बबिता शाही
२५०. बद्री साखी
२५१. बम बिसी
२५२. बम धामी
२५३. बाबुराम कुँवर
२५४. बालकिशोर माझी
२५५. बिकाश खिडारी यादव
२५६. बिकाश नहर्की
२५७. बिकाश यादव
२५८. बिक्रम कूडमाल
२५९. विकास धामी
२६०. विकास श्रेष्ठ
२६१. बिपना सिंह
२६२. बिन्दु साउथ
२६३. बिबेश खाती
२६४. बिमला कार्की
२६५. बिमला चौधरी
२६६. बिनय भट्टराई
२६७. बिनम् सरदार
२६८. बिरेन्द्र दुलाल
२६९. बिर्ख बहादुर शाही
२७०. बिशाल अधिकारी
२७१. बिशाल दत्त भट्ट
२७२. बिशाल प्याकुरेल
२७३. बिषम राजभण्डारी
२७४. बिष्ट पबित्रा
२७५. बिष्णु करण केसी
२७६. बिवश श्रेष्ठ
२७७. बिजय कडेल
२७८. बिजय सुनार
२७९. विबेक पाण्डे
२८०. विभीषण जंग पौडेल
२८१. विपिन रेग्मी
२८२. विक्रम केसी
२८३. भिम चौधरी
२८४. बसन्त जोशी
२८५. बसन्ती पाल
२८६. बस्ती बस्नेत
२८७. भरत गुरुङ
२८८. भरत साउद
२८९. भक्ति कार्की
२९०. भानु दुवाडी
२९१. भानुप्रसाद सूबेदी
२९२. भास्कर जोशी
२९३. भविष्य बस्नेत
२९४. भावना ओली
२९५. भावना खत्री
२९६. भावना शर्मा
२९७. भावना सन्जाल
२९८. भैभव भण्डारी
२९९. भूवन बुडाथोकी
३००. भुवन मिश्र
३०१. भूषण पोमो लिम्बु
३०२. ममता गर्तौला
३०३. ममता जोशी
३०४. ममता कुमारी रनेति
३०५. ममता थापा
३०६. मनकुमारी सुनार
३०७. मनिता राई
३०८. मनिषा अधिकारी
३०९. मनिषा खड्का
३१०. मनिषा पण्डित
३११. मनिषा बिक
३१२. मनिषा रसाइली
३१३. मिलन रसाइली
३१४. मनोज चौधरी
३१५. मनोज ताम्राकार
३१६. मनोज शाही
३१७. मनोज श्रेष्ठ
३१८. मानव ढुंगेल
३१९. माधव मगर
३२०. माइकल तामाङ
३२१. मिलन बिसी
३२२. मिलन राई
३२३. मिनाकुमारी बुढा
३२४. मित्र तामाङ
३२५. मेनुका सन्ज्याल
३२६. मोहन ऐर
३२७. मोहन बुढा
३२८. मोहन मिलन
३२९. मुस्कान मलासी
३३०. मुनसिंह धामी
३३१. यमराज महता
३३२. यमा गुरुङ
३३३. यमिना राणा
३३४. यशोदा महरा
३३५. यज्ञराज अवमी
३३६. युवराज भट्टराई
३३७. युकेश थाक्सू
३३८. योगेश बोहरा
३३९. रकम राउत
३४०. रञ्जना धामी
३४१. रमेश बोहरा
३४२. रमेश मल्ल
३४३. रमा बडुवाल
३४४. राम खड्का
३४५. रामधन राई
३४६. रामेश्वर आचार्य
३४७. रवि गिरी
३४८. रबिता गिरी
३४९. रबिन पोखरेल
३५०. रबिन राणा मगर
३५१. राज जैसी
३५२. राजकुमार श्रेष्ठ
३५३. राजु थापा
३५४. राजन बोहरा
३५५. राजेन्द्र धामी
३५६. राजेन्द्र राना
३५७. राजेन्द्र विश्वकर्मा
३५८. राजेश गुप्ता
३५९. राजेश बहादुर कड्याल
३६०. राजेश्वरी चन्द
३६१. राधा जैसी
३६२. राधिका जैसी
३६३. रिता साउद
३६४. रेखा बिनाडी
३६५. रेखा जोशी
३६६. रेणु पाण्डे
३६७. रोहन खत्री
३६८. रोहन जोशी
३६९. रोहित बराल
३७०. रोशन बिस्ट
३७१. रोशन मण्डल
३७२. रोशनराज दाहाल
३७३. रूप बहादुर रावत
३७४. ललिता जोशी
३७५. ललिता बुढा
३७६. लक्ष्मण सिंखडा
३७७. लक्ष्मी खनाल
३७८. लक्ष्मी धामी
३७९. लक्ष्मी बिक
३८०. लक्ष्मी बिष्ट
३८१. लक्ष्मी बोहरा
३८२. लक्ष्मी महरा
३८३. लक्ष्मी सिंह साउद
३८४. लक्ष्मी चलाउने
३८५. लवदेव धामी
३८६. लिखिल तिवारी
३८७. विनय भट्टराई
३८८. विनोद जोशी
३८९. विनोद धामी
३९०. विनोद रोकाया
३९१. विनोद हुमागाई
३९२. विवेक धामी
३९३. विरोध बुर्लाकोटी
३९४. शंकर खड्का
३९५. शान्तिप्रसाद जोशी
३९६. शारदा जेडा
३९७. शारदा साउद
३९८. शर्मिला कार्की
३९९. शम्भु घिमिरे
४००. श्याम बस्नेत
४०१. श्यामला श्रेष्ठ
४०२. शिव कडरिया
४०३. शिव श्रेष्ठ
४०४. शेरबहादुर कार्की
४०५. शैलेन्द्र राणा
४०६. श्रीजल डंगोल
४०७. सङ्गीता खाती
४०८. संगीता जोशी
४०९. संगीता केसी
४१०. संगीता थापा मगर
४११. संगीता भण्डारी
४१२. संगीता बोहरा
४१३. संगीता श्रेष्ठ
४१४. सञ्जीव राई
४१५. संभव यादव
४१६. सन्दीप चेमजोङ
४१७. सन्दीप श्रेष्ठ
४१८. सन्देश थिङ
४१९. सन्तोष तामाङ
४२०. सन्तोष धामी
४२१. सन्तोष न्यौपाने
४२२. सन्तोष बिडारी
४२३. सन्तोष लिम्बू
४२४. सन्तोष शाही
४२५. सन्तोष महर्जन
४२६. सन्तोषी कुँवर
४२७. समिता श्रेष्ठ
४२८. समीक्षा चन्द
४२९. समीप थापा
४३०. समीर गुरुङ
४३१. समीर गौतम
४३२. समता खड्का
४३३. सम्झना जिसी
४३४. सम्झना राणा
४३५. सम्झना शाही
४३६. सरिन थापा मगर
४३७. सरु रिजाल
४३८. सरोज पाण्डे
४३९. सल्मा भट्ट
४४०. सविता खत्री
४४१. सविता बोहरा
४४२. सविना राई
४४३. सागर आचार्य
४४४. सागर उप्रेती
४४५. सागर कद्दूवाल
४४६. सागर खनाल
४४७. सागर थापा
४४८. सागर बिक
४४९. सागर भुसाल
४५०. सानिया ओड
४५१. सानिया धामी
४५२. सायमिता रोकाया
४५३. सावित्रा बोगटी
४५४. साधनाकुमारी जोशी
४५५. सचिन परियार
४५६. सचिन बितालु
४५७. सचिन भट्टराई
४५८. सुजन मगर
४५९. सुजन महर्जन
४६०. सुनिता गुइत
४६१. सुनिता जोशी
४६२. सुनिल तामाङ
४६३. सुनिल जोशी
४६४. सुनिल थापा
४६५. सुनिल श्रेष्ठ
४६६. सुनील थापा
४६७. सुमन कार्की
४६८. सुमित्रा महर
४६९. सुवास विडारी
४७०. सुबोध सत्याल
४७१. सूरज महतो
४७२. सुरज चापागाइ
४७३. सुरज ठाकुर
४७४. सुरेजित ठाकुर
४७५. सुरेन्द्र तामाङ
४७६. सुशान्त बिडारी
४७७. सुशील खनाल
४७८. सुस्मिता धने
४७९. सृजना भट्ट
४८०. सेसेहाङ लिम्बु
४८१. सुलोचना ठकुरी
४८२. सोनिया धमला
४८३. सोम खाती
४८४. सौरव गुप्ता
४८५. स्वेता श्रेष्ठ
४८६. हरी थापा
४८७. हर्क बम
४८८. हारुन तामाङ
४८९. हिना जयगढी
४९०. हिमाल बोगटी
४९१. हिमाल राउत
४९२. हिमाल साउद
४९३. हिरा सुनुवार
४९४. हेम जगेडा
४९५. हेमन्त प्रसाद जोशी
४९६. हेमा साउद
४९७. हरि फुलारा
४९८. हुकुम बिसी
४९९. एम.डी अरबाज मिकरानी
५००. एम.डी अस्लम मिकरानी
५०१. एम.डी जिशन मिकरानी
५०२. एम.डी सरदार बाबु मिकरानी
५०३. एम.डी फिजा मिकरानी
५०४. ज्ञान बहादुर आले
५०५. थमन परियार
५०६. धर्मेन्द्र चाम्लिङ
५०७. धुर्ब संज्याल
५०८. धुरेन्द्र जैशी
५०९. धौली भट्ट
५१०. निरज मडै
५११. निर्मला भट्ट
५१२. बिकाश खिडारी यादव
५१३. बिकाश यादव
५१४. ममता गर्तौला
५१५. ममता थापा
५१६. यमिना राणा
५१७. रञ्जना धामी
५१८. राधिका जैसी
५१९. रम्बा कुमारी शाही
५२०. लाल बहादुर खत्री
५२१. प्रतीक्षा संज्याल
५२२. संस्कृति अर्याल
५२३. सुदीप तामाङ
५२४. सुदीप श्रेष्ठ
५२५. राहुल कलवार
५२६. रेशजोन राई




