कक्षा १२ परिक्षा: कालिकोटमा तीन जना नक्कली परिक्षार्थी पक्राउ



कालिकोट। जिल्लामा नक्कली परिक्षार्थी पक्राउपर्नेको संख्या बढेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले तिलागुफा नगरपालिका–६ स्थित सत्यदेवी परीक्षा केन्द्रबाट २६ वर्षीय पम्ब बिष्टलाई पक्राउ परेको छ।
प्रहरीकाअनुसार कालीका माध्यमिक विद्यालय छाप्रे ७ बाट कक्षा १२ मा अध्ययनरत प्रकाश पन्थीको परीक्षा दिदैगरेको भेटिएपछि पक्राउ परेका हुन्। पन्थी भने फरार छन्।

यसअघि पञ्चदेव परीक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। बिष्ट सामाजिक विषयको परिक्षा चलेको दिन पक्राउ परेका हुन् भने पहिलो दिन १४ गते अङ्ग्रेजी विषयको परीक्षा दिंदैगरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।

पन्चदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट जनजीवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता भानुप्रभात पाण्डेको सट्टामा परीक्षा दिँदै गरेका एक नाबालक र किसान शाहीको सट्टामा परीक्षा दिँदै गरेका अर्को नाबालक गरी दुई जना पक्राउ परेका थिए।