जुम्ला। जिल्लाको हिमा गाउँपालिकामा बादाखोला खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
बिहिबार गापाका अध्यक्ष लक्ष्मण शाही र उपाध्यक्ष शाहीले उद्घाटन गरेकी छन्। फिनल्यान्ड सरकार, नेपाल सरकार र स्थानीय सरकारको साझेदारीमा दिगो खाने पानी सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) र हिमा गाउँपालिकाको सहयोगमा उक्त परियोजना सम्पन्न भएको हो।
अध्यक्ष शाहीका अनुसार हिमा गाउँपालिका वडा नम्बर ५ बाँजागाडा स्थित बादाखोला खाने पानी तथा सरसफाइ समितिबाट ‘एक घर, एक धारा’ को निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको हो।
अब बाजागाडा बासीका खाने पानी सम्बन्धिका सम्पूर्ण समस्या समाधान भयका छन्। उक्त निर्मित खाने पानीमा जापानी प्रविधि इनलाइन कोलोरेसन उपकरणको प्रयोग गरि सफास्वच्छ खाने पानीको पहुँचमा १३६ घरधुरीमा १३६ धारा सञ्चालनमा आएका छन्।