इक्वेडरको विजयी सुरुवात



काठमाडौँ। विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ ।

आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे ।

भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती दिलाएका थिए । खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।