स्वास्थ्य मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्रीको आग्रह



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन्।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ। हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन्।

यही सदभाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्ये माघे सङ्क्रान्ति अर्थात माघी पनि एक हो । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन्। प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सदभाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन्।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले माघीरमाघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।”

सभामुखले २०७८ सालको माघीरमाघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अपिल गरेका हुन् । थारु समुदायले यस पर्वलाई ‘माघी’का रूपमा मनाउँछन् । थारुको यो नयाँ बर्ष आरम्भ पनि हो । मगर समुदायलगायतले यस पर्वलाई माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति०का रूपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढङ्गले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ ।

यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुललगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ । सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता  र एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।