माओबादी केन्द्र सर्केगाढको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा मुक्ति



हुम्ला। नेकपा माओबादि सर्केगाढ गाउँपालिका हुम्लाको पहिलो अधिवेशन सम्पन्न भएको छ।

पहिलो गाउँ कमिटी अधिवेशनले चन्द्र सिंह कार्की (मुक्ति)को अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको नेकपा माओबादी सर्केगाढ गाउँकमिटिले बताएको छ।

चन्द्रसिंह कार्कीको अध्यक्षतामा छबि थापा, कृष्ण रोकाया र अकिल बुढा गरी तीन उपाध्यक्ष र बम बहादुर शाही सचिव रहेको उपाध्यक्ष छबि थापाले बताए। त्यसैगरि सहसचिवमा दिपक शाही, कोषाध्यक्षमा शेर बहादुर रोकाया चयन भएका छन्।

अधिवेशन प्रदेश माननीय दिपेन्द्र रोकायाको प्रमुख आतिथ्य र मुक्तिको सभापतित्वमा सम्पन्न भएको थियो।