नेकपा (एकीकृत समाजवादी) को प्रदेश भेला सम्पन्न



सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यता पार्टीको कर्णाली प्रदेश स्तरीय बृहत प्रशिक्षण भेला सम्पन्न भएको छ।

कर्णाली प्रदेश अध्यक्ष अम्मर थापाको अध्यक्षामा सम्पन्न भेलालाई अध्यक्ष नेपाल, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष तथा पार्टी स्कुल बिभाग प्रमुख प्रमेश हमाल, उपाध्यक्ष जयन्ती राई, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वालाले सम्बोधन गरेका छन्।

भेलामा कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट दुई हजारभन्दा बढी अगुवा कार्गकर्ताको सहभागिता रहेको थिए।

भेलामा बिभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने सयौं ब्यक्तिहरुलाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका थिए। नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालका अनुसार करिब ६ सयभन्दा धेरै नेताकार्यकर्ताहरुले समाजवादी रोजेका छन्।