केन्द्रिय महाधिवेशन प्रतिनिधिमा नगरप्रमुख सेजुवाल अत्याधिक मतले विजयी



जुम्ला। चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवाल नेपालि कांग्रेस जुम्ला को सातौं महाधिवेशनमा अत्यधिक मतले विजयी भएकी छन्।

कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिका लागि ४ जना खुला महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षबाट सेजुवालले ५ सय १२ मत ल्याएर खुला महिला केन्द्रिय प्रतिनिधिमा विजयी भएको निर्बाचन मण्डलले घोषणा गरेको छ। खुला महिलामा सेजुवाल लगायत भगवति श्रेष्ठ ४ सय ८१, पुन्नकली महतारा ४ सय ४७, गिता शाहि ४ सय ४६ मत ल्याएर विजयी भएका छन्।

त्यसैगरी संस्थापन पक्षकै ललिजंग शाहि सबैभन्दा बढि ५ सय १५ मत ल्याएर खस आर्य पुरुष तर्फको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका छन्। खस आर्य पुरुष ४ जनामा जयहरी आचार्य ५ सय, पदम बहादुर शाहि ४ सय ७०, लक्ष्मीप्रसाद आचार्य ४ सय १२ मत ल्याई विजयी भएका छन्। २५ जना केन्द्रिय महाधिवेशन प्रतिनिधिमा देउवा पक्षका ८ निर्बाचित भएको कंग्रेस जुम्लाले जनाएको छ।

खस आर्य महिलातर्फ ४ जनामा उमा बुढा ४ सय २३, दिलकुमारि हमाल ४ सय २२, उर्मिला खत्री ४ सय ५९ र राम देबि खड्का ४ सय ७३ मतले विजयी भएकी छन्। विजयी सबै पौडेल पक्षका हुन्।

दलित १ जना केन्द्रिय प्रतिनिधिमा श्रीकृष्ण कामी विजयी भएका छन् भने दलित केन्द्रिय प्रतिनिधि महिला १ जनामा लक्ष्मी कामी विजयी भएकी छ्न्। अपांग केन्द्रिय प्रतिनिधि १ जनामा बिष्णु बहादुर शाहि ४ सय ५७ मतले विजयी भएका छन्, सोहि पदका लागि नरबिर रावतले ४ सय ३३ मत ल्याएका थिए। देउवा समुहबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८ जना बाहेक सबै पौडेल पक्षका विजयी भएका हुन्।

जिल्ला कार्यसमिति जुम्लामा भने देउवा पक्षका कर्ण बहादुर शाहि ५ मतले जिल्ला पर्टि सभापतिमा बुधबार निर्बाचित भैसकेका छन्। संस्थापन तर्फ ४ जना सदस्य र एकजना सभापति बाहेक सबै पौडेल पक्षका विजयी भएका थिए।