महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा फेरी विद्रोहको संकेत



काठमाडौँ। नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निमार्ण गरेका माधवकुमार नेपाल आजभाेलि देश ब्यापि संगठन निर्माणमा खटिरहेका छन्।

गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा देशभर लहर चलेको उक्त पार्टीका नेता कार्यकर्ताहरुले दाबी गरिरहेका छन्।

तर, यता एमाले पार्टीको आसन्न १०औं महाधिवेशनकाे पूर्वसन्ध्यामा एकसाथ दुईवटा विद्रोहका संकेत देखा परेका छन्। एमालेका अध्यक्ष केपी ओलीको स्वेच्छाचारीताको विरुद्धमा बोल्दै आएका पार्टीका उपाध्यक्ष भीम रावल पक्षले कैलालीमा समानान्तर महाधिवेशन प्रतिनिधि पठाउने निर्णय गरेको छऽ भने अर्को तर्फ पूर्वमाओवादीका नेताहरुले पार्टीमा आफ्नो भूमिकाका बारेमा धारणा अघि सारेका छन्।

दुई पटकको संसद विघटनमा साथ दिएका ति नेताहरुले वरिष्ठ उपाध्क्ष, उपाध्यक्ष, दुई जना सचिव र एकजनालाई स्थायी कमिटीमा व्यवस्थापन गर्न अध्यक्ष ओलीसँग माग गरेका छन्।

तर, ओलीले माओवादीभन्दा पनि राप्रपाबाट आएकाहरुलाई बढि ध्यान दिइरहेको देखिन्छ। अध्यक्ष ओलीसँग भएको मौखिक सहमति अनुसार महाधिवेशन प्रतिनिधि छनोट नभएको भन्दै पूर्वमाओवादी नेताहरु चिढिएका हुन्।