डोबाटे विक पनि बन्नेभए गण्डकी प्रदेशमा मन्त्री



पोखरा। गण्डकी प्रदेशमा डोबाटे विक पनि मन्त्री बन्ने भएका छन्। यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो। विकलाई अन्तिम समयमा हटाएर व्यवसायी थापालाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भएको थियो।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर विकलाई पनि मन्त्री बनाउने सहमति गरेको स्रोतले जनायो।

‘विकलाई तत्कालका लागि विनाविभागीय मन्त्री बनाउने र पछि जिम्मेवारी तोक्ने सहमति भएको छ’, स्रोतले भन्यो।

डोबाटेलाई मन्त्री बनाउने विषयमा केही दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले र देउवासँग काठमाडौंमा छलफल गरेका थिए। देउवा अहिले पोखरा हुँदा उनलाई मन्त्री बनाउने पक्का भएको हो।

गृह मन्त्रालय अहिले मुख्यमन्त्री आफैंले राखेका छन्। गृह वा भौतिक पाउने गरी आफूलाई जिम्मेवारी दिन थापाले देउवालाई आग्रह गरेका छन्। तर, भौतिक मन्त्री कुमार खड्का यसमा सहमत छैनन्।

यही विषयमा देउवाले खड्का र थापालाई राष्ट्र बैंक चोकस्थित अतिथि गृहमा बोलाएर छलफल गरेका थिए। सो क्रममा देउवासँग खड्काले थापासँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको र सरकार गठन हुँदा जसपालाई समेत आफूले मिलाएको बताएका थिए।

विक मन्त्री बनेपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद १२ सदस्यीय बन्ने छ। ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ। ७ मन्त्रालय रहेको गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ पुर्याउने ओएनएम गरेका थिए।

अनलाइनखबरबाट