जुम्लामा सहमतिका आधारमा पालिका सभापति चयन



जुम्ला। जिल्लाका स्थानीय पालिकामा नेपाली कांग्रेसले सहमतिका आधारमा नेतृत्व चयन गरेको छ।

नन्दनाथ नगरपालिकासहित सात वटै पालिकामा सहमतिका आधारमा सभापति चयन गरेको कांग्रेस नेता लक्ष्मण शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

नेता शाहीकाअनुसार चन्दननाथ नगरपालिका रवि थापा, हिमा गाउँपालिकाको सभापतिमा नरबहादुर शाही, सिँजा गाउँपालिकाको सभापतिमा गोबिन्द शर्मा, कन्कासुन्दरी गाउँपालिकामा लालु बुढा चयन भएका छन्।

त्यस्तै तिला गाउँपालिकामा भक्त रोकाया, तातोपानि गाउँपालिकामा धनकृष्ण चौलागाई, पातारास गाउँपालिकामा रतनसिङ बुढा र गुठिचौर गाउँपालिकाको सभापतिमा टेकबहादुर भण्डारी चयन भएका छन्।