पत्रकार बुढाद्वारा त्रिवेणी युथ क्लवलाई आर्थिक सहयोग



कालिकोट। प्राइम टाइम्स टेलिभिजन नेपाल कालिकोट जिल्ला रिपोर्टर तथा जिल्ला साहित्यिक प्रतिष्ठान कालिकोटका अध्यक्ष रमेश बहादुर बुढाले १० हजार रुपैया सहयोग गरेका छन्।

यहि मिति २०७८/६/२३देखी २०७८/६/ २६ गतेसम्म हुन गइरहेको त्रिवेणी युथ क्लव सान्नी त्रिवेणी गापा वडा नम्बर १ द्वारा फुटबल, भलिबल तथा संस्कृतिक कार्यक्रमको लागि १० हजार रुपैया सहयोग गरहेका हुन्।

‘राष्ट्रको लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराकासाथ दसैं तिहार तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम गर्ने क्लवको अध्यक्ष परेकराज गिरीले जानकारी दिएका छन्।

उक्त कार्यक्रमको मुख्य आयोजक त्रिवेणी युथ क्लव र सह-आयोजक सान्नी त्रिवेणी गाउँपालिकाले गर्ने भएको छ भने उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य जीवन बुढा र विषेश अतिथि सान्नी त्रिबेणि गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीको उपस्थिति रहने आयोजकको भनाई छ।