गगन थापाको देउवालाई प्रश्न: ‘कति सजिलै सर्छ अधिवेशनको मिति?’



काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पार्टी नेतृत्वप्रति कडा आलोचना गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता थापाले कति सजिलै सर्छ अधिवेशन ? भन्दै नेतृत्वलाई प्रश्न गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति? १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने।’

उनले अगाडि लेखेका छन्, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने? अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं। कांग्रेस पुनर्निर्माण।’