‘अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ’



काठमाडौँ। जनता समाजवादी पार्टी ९जसपा० नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन्।

देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने उनको भनाइ छ।

उनी भन्छन्, देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ। ख्याल राखौँ(अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ।’