रघुजी पन्तद्वारा पीपीएलएको भेला रोक्न माग



काठमाडौँ। नेकपा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी अध्यक्ष १० बुँदे सहमति विपरित भेलामा जान खोजेको भन्दै असहमति जनाएका छन्।

एमाले निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को भेला रोक्न माग गर्दै नेता पन्तले असहमति व्यक्त गरेका छन्। १० बुँदे सहमति अनुसार पार्टी अगाडि बढ्न उक्त भेला रोक्नुपर्ने पन्तको भनाई छ।

एमाले २ जेठ २०७५ अगाडि पन्त पीपीएलएका इन्चार्ज थिए। नेता पन्त्रले भनेका छन्, ‘म पीपीएलएको इन्चार्ज हो। मैले भेला रोक्न भनेको छु।’

पीपीएलएका महासचिव ईश्वरी भट्टराईका अनुसार आयोजित भेला नरोकिने भएको छ। संगठनको पुनर्जागरणका निम्ति गरिएको भेला नरोकिने महासचिव भट्टराईले बताए। च्यासलमा शुक्रबार दिउँसो दुई बजे हुने भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएकाे थियाे। तथापी विवाद बढ्ने भन्दै उनी भेलामा उपस्थित नहुने भएका छन्।