रोनाल्डोको पोस्टले तोड्यो इन्सटाग्रामको रेकर्ड



काठमाडौँ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको मैदान मात्र होइन, सामाजिक सञ्जालामा पनि कीर्तिमान भंग गरिरहेका छन्। म्यान्चेस्टर युनाइटेडले उनी क्लबमा फर्किएको घोषणा गरेको पोस्टले समाचार तयार पार्दासम्म १ करोड २९ लाख बढी लाइक पाइसकेको छ।

योसँगै म्यान्चेस्टर युनाइटेडको इन्सटाग्राम पोस्टले कुनै पनि खेलकुदको टोलीले पाएको सबैभन्दा धेरै लाइक पाउने कीर्तिमान बनेको छ। यसअघि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सी क्लबमा आबद्ध भएको घोषणा गरेको पोस्टले ७८ लाख १९ हजार बढी लाइक पाएको थियो।