(एकीकृत समाजवादी) को पाँच सदस्सीय स्थायी कमिटी गठन



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ। नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा.वेदुराम भुसाल र प्रमेश हमाल छन्। राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने दलको तयारी छ।

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको छ। एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन।