एकीकृत समाजवादीका लागि ५५ केन्द्रीय सदस्य सांसदको हस्ताक्षर



काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ।

नेकपा एमालेबाट फुटेर नेपाललगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए। सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो।

सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ।