यि १० नेतालाई बाबुरामको प्रश्न: चुनावचिन्ह नै पार्टी हो र ? खै चेत?



काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रन्छन् र गोरु ब्याउँछ भन्‍नु उस्तै उस्तै भएको बताएका छन्।

डा.भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य गर्दै ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? भन्दै व्यंग्यात्मक प्रश्न गरेका हुन्।

उनले दोस्रो पुस्ताका नेताहरूमा सत्तरी आसपासका बुढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएको टिप्णी गरेका छन्।

डा.भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै। बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला। ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत?’