निधीले हिन्दुजा अस्पतालमा उपचाररत गिरिलाई भेट



काठमाडौँ। कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। नेता गिरिलाई भेट्न निधी बिहीबार मुम्बई गएका थिए।

भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था छैन। चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए।