तालिबानले बन्द गर्‍यो भारतसँगको व्यापार



काठमाडौँ। अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ।

तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे।

फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन ९एफआईईओ० ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ। मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ।

भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ। भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ।

एफआईईओका महानिर्देशक डा. अजय सहायले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, ‘अफगानिस्तानको स्थितिमाथि निरन्तर हाम्रो ध्यान केन्द्रीत छ। त्यहाँबाट आयात गरिने सामानहरु पाकिस्तान हुँदै भारत आउँछ।

तर, अहिले तालिबानले पाकिस्तानतर्फ आउने सबै मालवाहक गाडी रोकिदिएको छ। दुवै तर्फको आवतजावत ठप्प भएको छ।’ रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ।